सीएमसीमा ७ सहित चितवनमा गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

चितवन, २० साउन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) मा उपचाररत् ७ जना, भरतपुर अस्पतालमा उपचाररत् २ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचाररत् एकजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ५ जना चितवन, ३ जना नवलपुर, १ जना मकवानपुर र एकजना गोरखा जिल्लाका रहेका छन् । योसँगै चितवन जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ । गत २४ घण्टाभित्र चितवनका उपचाररत् संक्रमित मध्ये २१ जना निको भएर घर फर्किएका छन् ।

जिल्लाभर २ सय ५३ जना उपचाररत्, ८७ जना आईसीयूमा
स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाका विभिन्न अस्पतालमा गरी २ सय ५३ जना उपचाररत् छन् । जसमध्ये ८७ जनाको आईसीयू र २४ जनाको भन्टिलेटरमा उपचार चल्दै छ । यसरी उपचाररत् रहनेमा चितवनसहित मकवानपुर, नवलपरासी, गोरखा, तनहुँ, भैरहवा, बारा, पर्सालगाएत विभिन्न जिल्लाका बिरामीहरू रहेका छन् ।

जिल्लाभर अहिले सक्रिय संक्रमितको संख्या २ हजार ३ सय २० जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । लकडाउन खुकुलो भएसँगै जिल्लामा कोरोना संक्रमणदर दिनप्रतिदिन उकालो लाग्दैँ छ । 

अहिले देशभर लकडाउन खुकुलो भएपनि कोरोना संक्रमणको जोखिम भने उस्तै नै रहेको चिकित्सकहरूले बताएका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2021-08-05 10:14:09

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts