मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि नेपाल मास्क अभियान सुरु हुँदै
काठमाडौं, २० साउन । सरकारले नेपाल मास्क अभियान सञ्चाल गर्ने भएको छ ।
साउन २३ देखि २९ गतेसम्म सरकारले नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको बताए ।
‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु',म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको उनले बताए ।
महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने कुरालाई बुझिदिन पनि उनले आग्रह गरे ।
सह प्रवक्ता अधिकारीले नेपाल मात्रै नभई विश्व नै कोरोनाले प्रभावित भएको बेला हरेक नागरिकले आफ्नो जिम्मेवारी बुझ्नु पर्ने र महामारीविरुद्धको लडाईमा हातेमालो गर्नुपनि पनि उल्लेख गरे ।