योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित



Download our app to get more features

काठमाडौं, २० साउन । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । 

बुधवार बसेको राष्ट्रियसभाको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी स्वतन्त्र सांसद खिमलाल देवकोटाले मत राखेका थिए । 

विधेयक पारित अघि देवकोटाले आफ्नो धारणा राख्दै नेपालमा विश्वविद्यालय धेरै भएको, प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापना गर्न सक्ने भनिएको र प्रदेश सरकारले विश्वविद्यालयको सञ्चालनको तयारी समेत गरिरहेको अवस्थामा संघले थप विश्वविद्यालय खोल्नु उचित नहुने बताए । 

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ६ माघ २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो ।

Last modified on 2021-08-05 07:45:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts