पूर्वप्रधानमन्त्री खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण



Download our app to get more features

काठमाडौं, २० साउन । एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधान्त्री झलनाथ खनालको दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ।

एपोलो अस्पतालका डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण गरेको उनको सचिवालयले जनाएको छ । उनको नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो । 

ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते थप उपचारका लागि दिल्ली लगिएको थियो ।

 

 

Last modified on 2021-08-04 17:12:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts