बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयद्धारा तीन सदस्यीय समिति गठन



Download our app to get more features

काठमाडौं, १९ साउन । सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ता गर्न सोमबार एक समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा.कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

समितिका सदस्यहरुमा मन्त्रालयका कानुनका उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहेको मन्त्रालयले जनाएको छ ।

समितिका संयोजक तथा सदस्यहरुले मंगलबार पत्र बुझेर काम अगाडि बढाउने तयारी गरेको राज्यमन्त्रीको सचिवालयले बताएको छ ।

प्रतिष्ठानमा ४७ दिनदेखि आन्दोलन भइरहेको छ। प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राख्दै आइरहेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts