मनाङमा १८ वर्ष माथिका  सबै नागरिकले लगाए कोभिड विरुद्धको खोप



Download our app to get more features

काठमाडौं,१९ साउन । मनाङमा १८ वर्षभन्दा माथिका  सबै नागरिकले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । 

स्वास्थ्य कार्यालय मनाङका अनुसार  मनाङमा ४ हजार १ सय ९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।

मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक २ हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन् भने कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी १ सय ६५ जना मात्रै रहेका छन् । 

स्वास्थ्य कार्यालय मनाङले  खोप लगाउने योग्य नागरिक ४ हजार ५ सय रहेको अनुमान  गरेको थियो । मनाङमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts