काठमाडौंका यी केन्द्रहरुमा आज कोरोनाविरुद्धको खोप लगाइँदै



Download our app to get more features

काठमाडौं, १९ साउन । काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहमा आज कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठबाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुने बताए ।

त्यसैगरि, विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले  अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिए ।

Last modified on 2021-08-03 12:05:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts