कैलालीको गोदावरीका ८ सय २० जना व्यापारीले पाए कोरोनाविरुद्धको खोप



Download our app to get more features

धनगढी, १७ साउन । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया उद्योग वाणिज्य संघले नगरक्षेत्रका व्यापारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ । 

संघमा आवद्ध तथा नगक्षेत्रमा व्यापार व्यवसाय गरिरहेका ८ सय २० जनालाई खोप लगाइएको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । 

संघमा दर्ता भएका पसलहरुबाट प्रति पसल २ जनाको हिसाबले ८ सय  २० जनलाई शनिबार कार्यालयमै भेरोसेल खोप लगाइएको उनले बताए । 

अत्तरिया उद्योग वाणिज्य संघले कैलालीका प्रमुख जिल्ला अधिकारीसँग खोपका लागि आग्रह गरेकोमा स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

यहि साउन १३ गतेबाट कैलालीमा  कोरोना अभियान सञ्चालन भएको छ ।

सरकारले नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाइने भनेर मापदण्ड बनाएको थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts