कोरोनाको तेस्रो लहरविरुद्ध तत्काल तयारी थाल्न प्रधानमन्त्री देउवाको निर्देशन



Download our app to get more features

काठमाडौं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरविरुद्ध तत्काल तयारी थाल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

शुक्रबार बेलुका सीसीएमसी निर्देशक समितिको बैठकमा प्रधामन्त्री देउवाले कोरोनाको तेस्रो लहर आउने सम्भावना रहेकाले तत्काल तयारी सुरु गर्न निर्देशन दिएका हुन् ।

बैठकमा उनले अक्सिजनको प्रबन्ध गर्न, नाकाहरूमा कोरोनाको परिक्षण गर्न र बालबलिकाहरूका लागि विषेश सतर्कता अपनाउन पनि सरोकारवालालाई निर्देशन दिएका छन् ।

उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुका लागि १ सय ८० भेन्टिलेटर सहितको २ सय ५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको छ ।

असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने भनेको मन्त्रालयले देशभर हाइ डिपेन्डेन्सी युनिट ‘एचडीयु’ बेडहरु पनि विस्तार गरिन लागिएको जनाएको छ ।

मन्त्रालयले बैठकमा अवस्था हेरेर स्मार्ट लकडाउनमा जान समेत सुझाव दिएको बताइएको छ ।

Last modified on 2021-07-31 15:10:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts