एआईएनद्वारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री प्रदान



Download our app to get more features

काठमाडौं, १५ साउन । एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री (कोभिड किट) उपलब्ध गराएको छ।

कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआइएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर लगायत गरी साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको एआइएनका अध्यक्ष डा. सुशील कोइरालाले बताए ।

महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले जानकारी दिए। एआइएनको समन्वयमा फेयर मेड, आइपास, आड्रा, वाटर एड, डामिएन फाउण्डेशन गरी ६ वटा गैरसरकारी संस्थाले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। ती स्वास्थ्य सामग्री सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने मञ्चले जनाएको छ।

Last modified on 2021-07-30 20:24:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts