सुदूरमा मन्त्री र कर्मचारीका आसेपासेलाई मात्र कोरोना खोप 



Download our app to get more features

धनगढी,१३ साउन ।  सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। आजदेखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिएपनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै कोरोनाविरुद्धको खोप लगाएको हो।

यो पटक ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई मात्र खोप लगाइने भनिएको थियो।

यता आफ्नै कार्यकक्षमा रहेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सो बारेमा जानकारी नभएको प्रतिक्रीया दिए। ‘तपाइहरु आएपछि मात्रै मैले जानकारी पाए। सोबारे म बुझ्छु,’ उनले भने।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts