कान्तिपुर डेन्टल अस्पतालले ल्यायो ओपीजी सेवा



Download our app to get more features

काठमाडौँ, १३ साउन । कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर डेन्टल अस्पताल पोखराले ओपीजी सेवा संचालनमा ल्याएको छ । अस्पतालले मुख तथा दन्त उपचारमा प्रयोग हुने अत्याधुनिक एक्सरे मेसिन ‘अर्थोप्यान्टोमो ग्राम तथा सेफालोग्राम (ओपीजी)’ सञ्चालनमा ल्याएको हो । 

अस्पतालले  सेवाग्राहीलाई थप सेवा सुविधा प्रदान गर्नको लागि नयाँ प्रविधि भित्राइएको  जनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले यो प्रविधि दाँत र मुखसँग सम्बन्धित समस्याहरु समाधान गर्न सहयोगी हुने बताएका छन् ।  

कोभिड १९ को विषम परिस्थितिमा पनि कान्तिपुर दन्त अस्पतालले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवामा निरन्तरता दिदै आइरहेको छ । अस्पतालले आफ्ना सेवाग्राही बाहेक अन्य अस्पतालबाट रिफर भएका सेवाग्राहीहरुलाई पनि  सेवा प्रदान गरिरहेको छ । अस्पतालले कोरोना संक्रमित संख्या बढिरहदा स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड पुरा गरेर सेवा प्रदान गरिरहेको छ ।

अस्पतालले दाँत तथा मुख स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । त्यस्तै अस्पतालले २०६२ सालबाट डेन्टल हाइजिन जस्तो मुख तथा दन्त स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षा पनि प्रदान गर्दै आइरहेको छ भने विगत २ वर्षदेखी डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याव टेक्नोलोजी तथा डाइग्नोष्टिक रेडियोग्राफी जस्तो प्राविधिक शिक्षा पनि दिदै आइरहेको छ ।

Last modified on 2021-07-28 16:21:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts