के भविष्यमा कोभिडको खोप चक्कीबाट लिन मिल्ला?



Download our app to get more features

काठमाडौं, १३ साउन । अहिले कोभिड-१९ बाट सुरक्षित रहनका लागि सुई मार्फत खोप लगाउनु पर्दछ। तर भविष्यमा त्यस्तो खोप सास तानेर इन्हेलरमार्फत वा औषधिको चक्कीबाट समेत प्राप्त गर्न सकिने हुन सक्छ।

दक्षिण स्विडेनको सबैभन्दा ठूलो विज्ञान पार्कको 'मेडिकन भिलेज' स्थित एउटा प्रयोगशालामा रसायन विज्ञ इन्गेमो एन्डरसन पातलो प्लास्टिकको इन्हेलर बोकिरहेकी छन्।

त्यो इन्हेलरको आकार एउटा सलाईको बट्टा भन्दा पनि आधा छ। उनको टोलीले सो सानो आकारको उत्पादनले मानिसहरूलाई घरमै खोपको पाउडर स्वरूप प्रयोग गर्न मिल्ने बाटो खोल्दैछ जसले कोरोनाभाइरस विरुद्धको लडाइँमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

"यो सजिलो छ र उत्पादन गर्न पनि एकदम सस्तो छ," दमका बिरामीहरूलाई इन्हेलर बनाउने एउटा फर्मका प्रमुख कार्यकारी अधिकृत योहान वाबोर्ग भन्छन्। 'पाउडर' खोपको सम्भावना आइकोनोभो नामक कम्पनीले रोग प्रतिरोधी क्षमताबारे अनुसन्धान गर्ने स्टकहोमको आइएसआर नाम गरेको कम्पनीसँग सहकार्य गरिरहेको छ।

आइएसआरले कोभिड-१९ विरुद्ध सुख्खा पाउडर स्वरूपको खोप विकास गरेको छ। यसले प्रयोगशालामा निर्माण गरिने कोभिड-१९ भाइरस प्रोटिनको प्रयोग गर्छ र त्यस्ता प्रोटिनले ४० डिग्री सेल्सियस तापक्रमसम्म थेग्नसक्ने बताइन्छ। फाइजर, मोडेर्ना र अष्ट्राजेनेकाले यी प्रोटिनका लागि आरएनए वा डीएनए कोड प्रयोग गर्छन् ।-बीबीसी


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts