नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुग्यो
नुवाकोट, १३ साउन। नुवाकोटमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । पछिल्लो २४ घण्टामा नुवाकोटमा ४२ जना कोरोना संक्रमित थपिएका छन् भने ६५ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङकमा रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३३ जनाको स्वाब परीक्षण भएको थियो । उनिहरु मध्ये ४२ जनामा संक्रमण पुष्टि भएको पिसिआर प्रयोगशालाले जनाएको छ ।
पछिल्लो समय दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु हुन थालेको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ । कोरोना संक्रमणको तेश्रो वेभ पुष्टि भैसकेको नुवाकोटमा दिनानुदिन संक्रमितहरुको मृत्यु हुन थालेको हो । नुवाकोटमा कोरोनाको पहिलो वेभमा १ जनाको मृत्यु भएको थियो । भने दोश्रो वेभका कारण ३९ जनाको मृत्यु भैसकेको छ । अहिले पनी त्रिशुली अस्पतालमा आईसियू र भेन्टिलेटरमा राखेर कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।
त्रिशुली अस्पतालमा ३८ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै, स्थानिय तहहरुले निर्माण गरेको संस्थागत आईसोलेसन सेन्टरहरुमा २५ जना र ४ सय ५ जना संक्रमित होम आर्यसोलेसनमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा सबै भन्दा बढी बिदुर नगरपालिकाको १९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यो सँगै बिदुर नगरपालिकामा हाल १ सय ६६ जना शक्रिय कोरोना संक्रमित रहेका छन् । हाल नुवाकोटमा ४ सय ६८ जना सक्रिय संक्रमित रहेको तथ्याङ स्वास्थ्य कार्यालय नुवाकोटले सार्वजनिक गरेको छ ।