नेपालमा थप ४७ जनामा डेल्टा भेरियन्ट देखियो, ३ जनामा नयाँ म्युटेसन
काठमाडौं,१२ साउन । नेपालमा पनि डेल्टा भेरियन्टको नयाँ स्वरुप भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त कुराको पुष्टि गरेको हो ।
मन्त्रालयले देशकाविभिन्न भागहरुबाट विभिन्न उमेरसमुहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यलय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यलयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित WHO identified Center for Excellence in Genomics,The Institute of Genomics and Integrative Biology (IGIB) मा पठाएको र उक्त सबै नमुनाहरु डेल्टा रहेको पुष्टि गरेको छ ।
त्यस्तै मन्त्रालयले यी भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई लाग्ने हुँदा जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्नका लागि पनि अनुरोध गरेको छ ।