स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा



Download our app to get more features

काठमाडौं,१२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेकी छन्। 

अस्पतालका  निर्देशक दिनेश काफ्लेकाअनुसार राष्ट्रपति भण्डारी आज विहान ९ बजे अस्पताल पुगेकी हुन् र अहिले स्वास्थ्य जाँच चलिरहेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी थिइन्।

राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि बुधबार बेइजिङ जाँदै छिन। बेल्टएण्ड रोड इनिसिएटिभ बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी राष्ट्रपति भण्डारीले भ्रमणका बेला स्वास्थ्य समस्या नओस् भनेर सजग देखिएको जाँचमा संलग्न एक चिकित्सकले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts