तेस्रो लहरको जोखिम बढेकोले अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न सातै प्रदेशलाई निर्देशन



Download our app to get more features

काठमाडौं, ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर व्यवस्थापन गरेर राख्न निर्देशन दिएको छ । 

मन्त्रालयले सातै प्रदेशको आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको हो ।

कोरोना सङ्क्रमणको दर पछिल्लो केहि दिनदेखि तीव्र रुपमा बढ्न थालेको हुँदा तेस्रो लहर आउन सक्ने जोखिम रहेकाले सम्भावित चुनौतीको सामना गर्नका लागि अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिइएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

उनले आउन सक्ने जोखिमको पूर्व तयारी स्वरुप निर्देशन दिइएको भन्दै जोखिम आइ सकेपछि गर्न सकिएन भनेर पञ्छिन नमिल्ने भएकाले अहिलेदेखि नै तयारीमा जुट्न भनिएको बताए ।

नेपालमा पछिल्लो समय दैनिक सङ्क्रमण दर बढ्दै गएको हुँदा सरकारले यसअघि नै सचेत रहन र अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

Last modified on 2021-07-27 07:20:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts