सुदूरपश्चिममा साउन १३ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने, यी उमेर समूह प्राथमिकतामा



Download our app to get more features

धनगढी , ११ साउन । सुदूरपश्चिम प्रदेशमा साउन १३ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। प्रदेशका ३ लाख ३५ हजार २ सय नागरिकलाई खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बताएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र अनुसार प्रदेशका सबै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने भएको हो ।

भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाने छ । 

यस्तै जोनोसेन एण्ड जोनसन खोप  ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने छ । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम बिष्टले सबै जिल्लामा खोप वितरणको काम जारी रहेको बताए । 

उनले कञ्चनपुर, डडेल्धुराका लागि खोप गएको बताए । डोटी र अछामका लागि खोप पठाउन तयारी थालिएको निमित्त प्रमुख विष्टले बताए । 

प्रदेशका सबै जिल्लामा चाँडो खोप पुगाउने गरि काम थालिएको स्वास्थ्य सेवा निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । स्वास्थ्य सेवा विभागले प्रदेशका लागि १ लाख ३६ हजार ८ सय डोज जोनसोन र एक लाख ९८ हजार ४ सय डोज भेरोसेल पठाएको छ ।

Last modified on 2021-07-27 06:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts