काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित



Download our app to get more features

काठमाडौं, ११ साउन । काठमाडौं मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित भएका छन् ।

कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा  कर्मचारीहरुले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमबार बिहान मेडिकल कलेज अगाडि प्रदर्शन गरेका हुन् । 

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दावी गरेका छन् । 

उनीहरुले कर्मचारी नियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उनलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको स्थानमा सरुवा गरेको दाबी गरेका छन् । 

अस्पताल सञ्चालकले श्रेष्ठलाई अस्पतालाको स्वामित्व नभएको अस्पतालमा सरुवा गरेको कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts