उपत्यकाका यी ४ अस्पतालमा सुरु भयो खोप कार्ड प्रमाणीकरण



Download our app to get more features

काठमाडौं, १० साउन । कोभिडविरुद्धको खोप लगाएका नागरिकले अबदेखि ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण सुरु भएको छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि उपत्यकाका चार अस्पताल तोकेको हो ।

यसअघि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएकोमा अब सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर र पाटन अस्पताल ललितपुरबाट पनि प्रमाणीकरण गर्न सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए ।

एक अस्पतालबाट प्रमाणीकरण गर्दा भिँड बढ्ने र सेवाग्राहीलाई मर्का पर्ने भएकोले कोरोनाको जोखिम बढ्ने भएकाले थप ३ अस्पताललाई खोप कार्ड प्रमाणीकरणका लागि तोकिएको उनले बताए ।

वैदेशिक रोजगारीमा जानेहरुले खोप लगाए पनि खोप कार्ड प्रमाणीकरण नगराए उक्त कार्डले मान्यता नपाउने हुनाले प्रमाणीकरण गर्न थालिएको हो । खोप कार्ड प्रमाणीकरण नगराए सरकारले तोकेको मुलुकमा जान नपाइने र जानेहरुले पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts