थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै 



Download our app to get more features

काठमाडौं, १० साउन । चीनबाट  कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप आज दिउँसो काठमाडौं आइपुग्दै छ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए। यसअघि साउन ७ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो। चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप खरीद गरेको छ। सोमध्ये असार २५ र साउन ७ गते आठ आठ लाख डोज गरी १६ लाख डोज खोप नेपाल आइसकेको छ। आजसहित २४ लाख खोप नेपाल आइपुग्ने छ। बाँकि आठ लाख डोज खोप लिन विमान पुनः बेइजिङ जाने  छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts