काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी



Download our app to get more features

काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप अझै १० दिन निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी पराजुलीले हाम्रो डाक्टरलाई जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेकोले निषेधाज्ञा थप्ने तयारी गरेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताएका छन् । आज चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप निर्णय हुने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय  गरिने पराजुलीले बताए । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ ।

उपत्यकामा सार्वजनिक सवारीसाधन खुलेपनि रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताइएको छ ।

Last modified on 2021-07-25 13:37:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts