नेपालमा कोरोना संक्रमणदर बढ्दो, थपिए ३१ सय १४ संक्रमित

काठमाडौं,९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी थप २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
Last modified on 2021-07-25 07:49:12