अनलाइनमा नाम दर्ता गराएकालाई मात्रै कोरोना खोप दिइने



Download our app to get more features

काठमाडौं, ९ साउन । अबदेखि अनलाइनमा नाम दर्ता गराएकालाई मात्रै कोरोना विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार अबदेखि अनलाइनमा आफ्नो नाम दर्ता गराएकालाई मात्रै खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले जानकारी दिए । 

उनले अब ५० बर्ष वा सो भन्दा मुनिका नागरिकहरुले विद्युतीय दर्ता नम्बर ल्याए मात्र कोभिड -१९ बिरुद्धको खोप पाउने स्पष्ट पारे । काठमाडौ जिल्लाका १८ देखि ५० वर्षउमेर समूहका व्यक्तिहरुलाई छिटो भन्दा छिटो आफ्नो नाम दर्ता गराउन उनले आव्हान गरे । 

उनले यसअघि खोप लगाउन छुटेका सबै (५० वर्षमाथिका) सहितले पनि नाम दर्ता गराउनुपर्ने बताए । खोपका लागि  मा गई नामदर्ता गर्न सकिनेछ । सो दर्ता भएको प्रमाण लिएर मात्रै आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा खोप लाउन जान उाले आग्रह गरे ।  यसअघि प्राथमिकतामा परेका सबैजना खोपकेन्द्रहरुमा गएपछि भीड भएको थियो । 

अब दर्तावाल व्यक्तिहरु मात्रै आफ्नो पालोमा गए खोपकेन्द्र व्यवस्थित हुने विश्वास लिइएको छ । हालसम्म नेपालमा जोनसनको खोप बाहेक हालसम्म ४५ लाख ३ हजार २२८ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । कोभिशिल्ड २२ लाख ८८ हजार ७९२ जनाले लगाएका छन् जसमध्ये करीब १४ लाख जनाले दोस्रो मात्रा लगाउन बाँकी छ । यस्तै भेरोसिल २२ लाख १४ हजार ४३६ जनाले पहिलो मात्रा लगाएकोमा ८ लाख २८ हजार ४९८ जनाले दोस्रो मात्रा लगाउन पर्नेछ । 

Last modified on 2021-07-24 14:23:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts