चिकित्सा शिक्षा शास्त्र स्नातक तहको प्रवेश परीक्षा सुरु



Download our app to get more features

काठमाडौं, ९ साउन ।  चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा (आज) शनिबारबाट सुरु भएको छ। आजदेखि साउन १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।

परीक्षामा सहभागि हुन विद्यार्थीहरु ७२ घण्टा अघिको पिसिआर रिपोर्ट सहित उपस्थित हुनु पर्ने छ । पिसिआर पोजिटिभ भएका विद्यार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था समेत आयेगले गरेको छ ।

आयोगका अनुसार आज ९ गते एमबिबिएस, भोली १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।

पाँच दिनसम्म सञ्चालन हुने परीक्षा काठमाडौं बाहेक विराटनगर, चितवन, नेपालगञ्ज लगायतका शहरमा पनि  हुनेछ । सो परीक्षका लागि विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् ।

Last modified on 2021-07-24 12:38:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts