सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको अन्तिम खेप भोलि आउने, जहाज आज बेइजिङ जादै



Download our app to get more features

काठमाडौं, ९ साउन । सरकारले चीनबाट खरिद गरेको कोरोनाविरुद्धको खोपको अन्तिम खेप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ ।

सरकारले चीनबाट खरिद गरेको ४० लाख भेरोसेल खोपको मात्रा विभिन्न चरणमा ल्याउँदै आएको छ । 

निगमको जहाज आज राति ११ बजे बेइजिङ जाने र खोप लिएर भोलि ४ बजे काठमाडौँ अवतरण गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । 

उनका अनुसार पछिल्लो पटक खोप ल्याउनका लागि निगमले बेइजिङमा पठाउने गरेको मध्ये यो चौथो उडान हो । योसँगै नेपालले चीनसँग सरकारीस्तरमा सहमति गरी ल्याएको ४० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्नेछ । 

सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्दै आइरहेको छ ।

हालसम्म नेपालमा भेरोसेल खोपको पहिलो मात्रा १५ लाख २१ हजार ४ सय ६७ जनाले लगाइसकेका छन् भने ६ लाख ९२ हजार ९ सय ६९ जनाले दुबै मात्रा लगाइसकेका छन् । 

Last modified on 2021-07-24 11:09:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts