सबै नागरिकले कोरोना खोप पाउँछन् : प्रधानमन्त्री देउवा

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुरेका छन् ।
प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नागरिकलाई कोरोना खोप पुर्याउन गरेको वाचा पूरा गरी छाड्ने छु । हामी ऋण लिएर जति महँगो भए पनि नेपाली नागरिकलाई कोरोना खोप पुर्याउन छौँ । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो वाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु ।
पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेतासँग छलफल गरेर नागरिकले अनुभूति गर्ने खालका काम गरेर देखाउनु उनको भनाइ थियो ।