नेपाल मेडिकल काउन्सिल जूम मिटीङ मार्फत पत्रकारहरु सँग जोडिने



Download our app to get more features

काठमाडौं, ८ साउन । नेपाल मेडिकल काउन्सिलले आगामी दिनमा कुनैपनि विषयमा पत्रकार सम्मेलन गर्दा प्रविधि मार्फत पत्रकारहरु संग जोडिएर पत्रकार सम्मेलन गर्ने भएको छ । 

नेपाल मेडिकल काउन्सिलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले आगामी दिनहरुमा पत्रकार सम्मेलन तथा विभिन्न विषयमा पत्रकारहरुसंग साक्षात्कार गर्दा  जूम मिटीङ मार्फत गर्ने बताए । 

"हामी अब पत्रकार सम्मेलनको लागि प्रविधि मार्फत गर्ने तयारी गरिरहेका छौं", डा. अधिकारीले भने, " आगामी दिनहरुमा सबै पत्रकारहरु नेपाल मेडिकल काउन्सिलको पत्रकार सम्मेलनमा आ-आफ्नै ठाउँबाट जोडिन सक्नेछन् ।"

 यस्ले भिडभाड कम, यातायात लगायतका समस्या पनि नहुने डा. अधिकारीले बताए । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल मेडिकल काउन्सिलले गरेको कामको उपलब्धिको बारेमा जानकारी गराइएको थियो । 

अहिले सम्म नेपाल मेडिकल काउन्सिलमा परेको उजुरी र टुङ्गो लागेको र टुङ्गो लाग्न बाँकी रहेको विभिन्न किसिमका उजुरीहरुको बारेमा पनि काउन्सिलका रजिष्ट्रार डा. अधिकारीले जानकारी गराएका थिए ।

Last modified on 2021-07-23 20:07:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts