नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु, २९७७ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं,८ साउन । नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १८ जनाको मृत्यु भएको हो । 

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । त्यस्तै  गत २४ घन्टामा १६७८ जना संक्रमणमुक्त भएका छन् ।
 

Last modified on 2021-07-24 06:51:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts