आजदेखि कोभिड खोप कार्ड प्रमाणीकरण चार ठाँउबाट हुने



Download our app to get more features

काठमाडों, ८ साउन । आज देखि काठमाडौं र ललितपुरका गरी चार ठाँउबाट कोभिड खोप कार्ड प्रमाणीकरण हुने भएको छ । हिजोसम्म टेकुस्थित शहीद शुक्रराज टपिकल अस्पतालमा मात्रै प्रमाणीकरणको काम भएको थियो ।

टेकुमा खोप कार्ड प्रमाणीकरण गराउनेको चाप अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै थप तीन ठाँउबाट सो कार्य गर्ने निर्णय भएको हो । सो निर्णय अनुसार आजबाट टेकु सहित मिनभवनस्थित सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण हुनेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक गौतमले पनि खोप कार्ड प्रमाणीकरण गर्न आजबाट चार ठाँउ तोकिएको पुष्टि गरे । विदेश जानेहरुलाई खोप लगाएको प्रमाणिकरण गर्न परराष्ट्र मन्त्रालयले खोप कार्ड प्रमाणीकरण गराउन अनिवार्य गरेपछि भिड बढेको हो ।

पछिल्ला दिनमा टेकु अस्पतालमा खोप लगाउन जानको भन्दा खोप कार्ड प्रमाणीकरण गराउन जानेको भीड बढी देखिएको थियो ।


 

Last modified on 2021-07-23 19:52:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts