चीनबाट आइपुग्यो आठ लाख मात्रा खोप



Download our app to get more features

काठमाडौं, ७ साउन ।  छिमेकी देश चीनबाट आज बिहीवार बेलुकी कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा (डोज) प्राप्त भएको छ । 

चीनसँग खरिद गरिएको खोप नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट आज ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । । आज आएको खोप टेकुमा रहेको स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखी देशभरि पठाइने उनले बताए ।  

सहप्रवक्ता अधिकारीले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी पनि दिएकाछन् ।  यही साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार आठ सय ५० मात्रा खोप आइसकेको छ । 

Last modified on 2021-07-23 08:21:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts