एडिबीले नेपाललाई कोरोना खोप खरिदका लागि झन्डै २० अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने



Download our app to get more features

काठमाडौं, ७ साउन । एसियाली विकास बैंकले नेपाललाई कोरोना खोप खरिदका लागि झन्डै २० अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । 

यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीले बिहीबार विज्ञप्ती जारी गर्दै बताएको छ ।

यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ । एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो ।

एसियाली विकास बैंकले सन् २०२० को डिसेम्बरमा नै निर्णय गरेको थियो । सोही अन्तर्गत नेपालले समेत यो सहयोग पाएको हो । एबडीले यस कार्यक्रमा अन्य सरोकारवाला निकायसँग समेत सहकार्य गर्ने बताएको छ ।

Last modified on 2021-07-23 12:45:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts