नेपालमा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु, १ सय ७२ जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, ७ साउन । नेपालमा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २७ हजार ३ सय ७५ रहेको छ । जसमा २४ हजार ६ सय १६ जना होम आइसोलेसनमा छन् भने २ हजार ७ सय ५९ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ६ सय ३५ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७२ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । 

Last modified on 2021-07-22 20:50:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts