सरकारले चीनबाट खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं, ७ साउन । सरकारले खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा खोप नेपाल आइपुगेको छ ।
चीनबाट खरिद गरिएको कोरोनाविरुद्धको खोप भेरोसल बिहीवार अपरान्ह काठमाडौं आइपुगेको हो ।
बेइजिङबाट खोप ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बुधवार चीनका लागि प्रस्थान गरेको थियो । खोप लिन गएको जहाज बिहीवार दिउँसो २ : १५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ जाँदैछ ।
भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ । बाँकी डोज ल्याउन उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ ।
नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।
Last modified on 2021-07-22 22:04:01