नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौमा, साउन १० देखि भदौ ७ सम्म फारम भर्न सकिने



Download our app to get more features

काठमाडौं, ७ साउन । नेपाल नर्सिङ परिषदले नर्स तथा मिडवाइफको लाइसेन्स भदौमा लिने भएकोे छ ।

परिषदले आज सूचना जारी गर्दै नर्स तथा मिडवाइफहरुका लागि लिइने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १९ भदौमा गने भएको छ । 

परिषदका अनुसार परीक्षामा सहभागी हुनेले यहि साउन १० देखि भदौ ७ सम्म फारम भर्न सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर १३ भदौसम्म फारम बुझाउन सक्ने परिषदले जनाएको छ ।

परीक्षामा पीसीएल नर्सिङ, वीएस्सी नर्सिङ तथा ब्याचलर इन मिडवाइफ (बीएमएस) उत्तीर्ण विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।

Last modified on 2021-07-22 11:14:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts