थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ हजार ६ सय १६ कोरोना परीक्षण गर्दा २ हजार ८ सय ३८ जनामा सङ्क्रमण देखिएको हो । 

कोरोना सम्बन्धीत नियमित जानकारी दिने क्रममा मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले गत २४ घन्टामा देशभर ८ हजार ७ सय १५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ९ सय १८ जना र ३ हजार ९ सय १ एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय २० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ७२ ८ सय ७१ र एन्टीजेन विधिबाट ५१ हजार ५ सय ८४ जनामा कोरोना देखिएको छ भने समग्रमा नेपालमा हालसम्म कोरोनाका कारण ७ लाख २४ हजार ४ सय ५५ जना सङ्क्रमित भएका छन् ।

यस्तै गत २४ घन्टामा देशभर १ हजार ४ सय ७५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्  । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३६ हजार ४ सय २ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।

हाल देशभर २८ हजार ८ सय ३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

Last modified on 2021-07-22 08:37:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts