मनसुनमा कानको ख्याल कसरी राख्ने ? जानौं यी उपायका बारेमा...
सामन्यतया अन्य बेला भन्दा वर्षायाममा कानमा बढी संक्रमण हुने गर्छ । पानीमा भिज्ने हुँदा त्यस्तो फोहोर पानी कानमा पसे संक्रमण वा अन्य समस्या हुन सक्छ । कतिपय मानिसको पहिला नै कानमा समस्या भए हुन सक्छ । यस्तो व्यक्तिका लागि बर्षायाम झन् कष्टप्रद हुनसक्छ । यस्तै समस्या लिएर लिएर अस्पताल आउने बिरामीको संख्या दिनानुदिन बढ्दो रहेको बताउँछन नाक, कान, घाँटीरोग विशेषज्ञ डा. आनन्द घिमिरे । यस्ता बिरामीले कसरी सजगता अपनाउने र कानलाई कसरी सुरक्षित राख्ने भनेर डा. घिमिरेले केही सुझाव दिएका छन् । जानौं डा. घिमिरेका सुझाव :—
लक्षण:
- कान चिलाउने ।
- कानबाट पानी बग्ने ।
- इन्फेक्सन भएको छ भने धेरै दुख्ने हुन्छ ।
ध्यान दिनु पर्ने कुराहरू :
- कानमा पानी पार्नु हुँदैन ।
- नुहाउँदा कानमा कपास राख्ने ।
- कानमा तेल हाल्नु हँुदैन ।
उपचार:
- कान सफा गरिने गरिन्छ ।
- फंगल इन्फेक्सन भएमा एन्टीफङ्गल ड्रप दिने ।
सुझाव:
- कानमा तेल हाल्दै नहालौ ।
- अनावश्यक औषधि कानमा नहालौ ।
- कानमा जथाभावी नकोट्याउ ।
- चिकित्सकको सल्लाहबिना कानमा ड्रप हाल्ने नगरौ ।
Last modified on 2021-07-21 10:16:17