देशभर थप २५ जनाको कोरोनाका कारण मृत्यु, भेन्टिलेटरमा भर्ना हुनेको संख्या बढ्यो
काठमाडौं, ५ साउन । देशभर थप २५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २५ जनाको कोरोनाका कारण मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय १९ रहेको छ । ती मध्य २३ हजार ८ सय ३४ जना होम आइसोलेशनमा छन् भने २ हजार ५ सय ८५ जना संस्थागत आइसोलेशन वार्डमा छन् ।
देशभर रहेका सक्रिय संक्रमित मध्य ५ सय ९२ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७२ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
Last modified on 2021-07-21 07:22:37