नेपालमा रोकिएन कोरोना संक्रमणको जोखिम, २४ घन्टामा थपिए ३१ सय ८ संक्रमित



Download our app to get more features

काठमाडौं, ५ साउन । नेपालमा झन्डै एक महिनादेखि ३ हजारभन्दा तल  रहेको कोरोना संक्रमणको दर फेरी ३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १३ हजार १ सय ३५ कोरोना परीक्षण गर्दा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार ८ सय ३६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २२ सय २ र ४ हजार २ सय ९९ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

 योसंगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ७ हजार ९ सय ५३ र एन्टीजेन विधिबाट ५० हजार ६ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै गत २४ घन्टामा देशभर रहेका संक्रमित मध्य १ हजार ५ सय ९५ जना स्वस्थ भएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ ।

नेपालमा पिछिल्लो समय कोरोना संक्रमित थपिने दर रोकिएको छैन भने निको हुने दर कम रहेको छ ।

 

Last modified on 2021-07-20 20:43:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts