भारतमा ३० हजार कोरोना संक्रमित थपिए
एजेन्सी, ५ साउन । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ९३ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ४५ हजार २५४ जना कोरोना संक्रमण मुक्त भएका छन्।
हाल भारतभर ४ लाख ६ हजार १३० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
कोरोना संक्रमणका कारण थप ३७४ जनाको मृत्यु भएको छ। भारतमा ४ लाख १४ हजार ४८२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ।
Last modified on 2021-07-20 17:30:21