स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा. पोखरेल
काठमाडौं, ४ साउन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन कुमार पोखरेललाई नियुक्त गरेको छ ।
सोमवार बसेको मन्त्रीपरिषदको बैठकले डा.पोखरेललाई मन्त्रालयको स्वास्थ्य तर्फको सचिवमा नियुक्त गरेको हो ।
झन्डै तीन वर्षपछि मन्त्रालयले स्वास्थ्य तर्फका सचिव पाएको छ ।
सचिव नियुक्तका लागि बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरु डा. पोखरेलसहित डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।
तत्कालिन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहेको थियो ।
स्वास्थ्यमा प्रशासन तर्फ सचिवको रुपमा लक्ष्मण अर्याल कार्यरत छन् ।