देशभर थपिए २४ सय ४५ नयाँ संक्रमित, १२ सय ५८ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ४ साउन । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ लाख १८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ११ हजार ६ सय ६४ कोरोना परीक्षण गर्दा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ७ हजार ८ सय ३३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ६ सय ४२ र ३ हजार ८ सय ३१ एन्टीजेन परीक्षण गर्दा ८ सय ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६ लाख ६८ हजार ७ सय ५१ र एन्टीजेन विधिबाट ४९ हजार ७ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो । समग्रमा हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ लाख १८ हजार ४ सय ९४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १ हजार २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ । 

हाल नेपालभर सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय ३७ रहेको छ । जसमा २३ हजार ३ सय ३४ जना होम आइसोलेसनमा छन् भने २ हजार ५ सय ३ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । 

यस्तै हाल देशभर रहेका संक्रिय संक्रमितमध्ये ५ सय ६४ जना आईसीयूमा भर्ना भएका छन् भने १ सय ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Last modified on 2021-07-19 20:08:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts