थप २३ जनाको कोरोनाका कारण मृत्यु,१८ लाख बढीले लगाए खोप
काठमाडौं, ३ साउन । नेपालमा थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गत २४ घन्टामा देशभर थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ ।
यस्तै हाल देशभर २५ हजार ४ सय ८५ सक्रिय संक्रमित रहेका छन् । ती मध्य २२ हजार ८ सय ३४ जना होम आइसोलेशनमा छन् भने २ हजार ६ सय ५१ जना संस्थागत आइसोलेशन सेन्टरमा भर्ना भएका छन् ।
यस्तै हालसम्म नेपालमा १८ लाख ३९ हजार ९ सय ४ जनाले कोरोनाविरूद्धको खोप लगाई सकेका छन् । जसमा ११ लाख ७० हजार ७ सय ३० जनाले खोपको दुबै मात्रा लगाई सकेका छन् भने ६ लाख ६९ हजार १ सय ७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
Last modified on 2021-07-19 09:33:19