देशभर सक्रिय संक्रमितको संख्या २५ हजार, थप २१ जनाको कोरोनाका कारण मृत्यु
काठमाडौं, २ साउन । नेपालमा थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २१ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।
यस्तै हाल देशभर २५ हजार ९ सय ५२ सक्रिय संक्रमित रहेका छन् । जसमा २३ हजार ४ सय ७७ जना होम आइसोलेसनमा छन् भने २ हजार ४ सय ७५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये ५ सय ८३ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
Last modified on 2021-07-18 06:50:20