नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३० हजारभन्दा बढी, थप १८ सय ७५ संक्रमित

काठमाडौं, २ साउन । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार नाघेकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ६६ कोरोना परीक्षण गर्दा थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ६ हजार ३ सय १० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८ सय ८६ र एन्टीजेन विधिबाट ४८ हजार ३ सय ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
आरटी पिसिआर र एन्टीजेन विधिबाट गरेर हालसम्म नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ हजार १ सय ६४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ ।