पोखरा महानगरका मेयर जिसीलाई मस्तिष्कघात



Download our app to get more features

कास्की, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान ४ बजे मस्तिष्कघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल फूलवारी लगिएको थियो । मेयर जिसी शरीरको देब्रेतर्फको चलाउन समस्या भएको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्घृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए ।

 ‘डाक्टरले मेयरसाब खतरामुक्त भएको बताएका छन् । काठमाडौंं लैजान हेलिकप्टर आइसकेको छ । तर, धादिङतर्फको मौसम खराब भएका कारण उड्न सकेको छैन,’ बरालले भने । हेली एभरेस्टको हेलिकप्टरबाट मेयर जिसीलाई काठमाडौं, बाँसबारीस्थित न्युरो अस्पतालमा लैजान लागिएको उनले बताए । चिकित्सककाअनुसार मेयर जिसीको अवस्था सामान्य छ । 

Last modified on 2021-07-17 07:16:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts