नेपालमा थप १८ जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या स्थिर
काठमाडौं, ३० असार । नेपालमा कोरोना भाइरसको संक्रमणको कारण थप १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४७ रहेको छ । जसमा २४ हजार ९९ जना होम आइसोलेसनमा छन् भने २ हजार ५ सय ४८ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
संस्थागत आइसोलेसनमा भर्ना भएकामध्य ५ सय ९९ जना आईसीयूमा उपचाररत भने १ सय ७२ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
नेपालमा पछिल्लो समय कोरोनाका कारण संक्रमित थपिने दर औसतमा ३ हजारको हाराहारीमा रहँदा सक्रिय संक्रमितको संख्या पनि स्थिर देखिएको छ ।
Last modified on 2021-07-15 10:24:05