नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण, १६ सय ६ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ३० असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ लाख ६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले गत २४ घन्टामा १३ हजार २४ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार गत २४ घन्टामा ८ हजार १ सय ८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ हजार १० जना र ४ हजार ९ सय १६ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ सय ९५ जनामा कोरोना देखिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ लाख ६ हजार ७ सय ६१ पुगेको छ । जसमा आरटी पिसिआर विधिबाट ६ लाख ६० हजार ७ सय ८८ र एन्टीजेट विधिबाट ४५ हजार ९ सय ७३ जनामा कोरोना देखिएको छ ।

यस्तै गत २४ घन्टामा थप १ हजार ६ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार ७ सय ११ पुगेको छ ।

Last modified on 2021-07-15 10:24:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts