अर्थले खोप खरिदका लागि स्वास्थ्यलाई ५ अर्ब बजेट दिने

प्रादेशिक र स्थानीय अस्पतालाई ५२ करोडभन्दा बढी रकमसम्बन्धी फाइलपनि सदर



Download our app to get more features

काठमाडौं, ३० असार । सरकारले खोप खरिदका लागि ५ अर्ब बजेट दिने भएको छ ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणको क्रममा चार वटा फाइल सदर गर्दै खोप खरिदको लागि स्वास्थ्य मन्त्रालयलाई बजेटको सहमति दिएको बताए । 

यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ । 

स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ ।

यस्तै प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ । 

कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेका छन् । 

Last modified on 2021-07-15 10:24:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts