थप २३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
काठमाडौं, २९ असार । नेपालमा थप २ हजार ३ सर ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ११ हजार १२ कोरोना परीक्षण गर्दा २३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
योसंगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख ५८ हजार ७ सय ७७ र एन्टीजेन विधिबाट ४५ हजार ७८ जनामा कोरोना भाइरस देखिएको छ ।
यस्तै गत २४ घन्टामा थप २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ ।
Last modified on 2021-07-14 07:32:27